काठमाडौँ । एउटै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । बालबालिकाको प्रतिभा निखार्ने उदेश्यले आयोजित ‘मिलिनियम किड्स इन्टरनेशनल २०२६’मा एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा जुनियर र सिनियर केटा तथा केटी गरेर एकसाथ ४ विजेता छानिएको हो ।
जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगितामा जुनियर केटातर्फ रिवान बस्नेत विजेता बन्दा जुनिएर केटीतर्फको उपाधि आरुसी बुढाथोकीले हात पारिन् ।
त्यस्तै, सिनियर केटातर्फ इङ्गसो जंग थापा शिर्ष विजेता घोषित हुँदा सिनियर केटीतर्फको उपाधि मानस्वी बस्नेतले हात पारिन् । शीर्ष विजेता सबैले उपाधिको साथमा विभिन्न अवसर समेत पुरस्कारको रूपमा प्राप्त गरे ।\
बालबालिकाको प्रतिभा निखार्ने एउटा पृथक प्रतियोगीताको रुपमा परिचित यस प्रतियोगीतामा जुनियर केटातर्फ शिवांशु आर्याल सेकेन्ड रनरअप र प्रान्शु बस्नेत फष्ट रनरअप छानिदा जुनियर केटीतर्फ क्यारिन बाडेकर फोर्थ अनरअप, अनिता महर्जन थड रनरअप, शुभानी पाण्डे सेकेण्ड रनरअप र अलिमा थापा फष्ट रनरअप बने ।
त्यस्तै, सिनियर केटातर्फ शिबाम्सु कटेल सेकेन्ड रनरअप बन्दा ब्रायन श्रेष्ठ फष्ट रनर अप बने । सिनियर केटीतर्फ रेनेश्मी स्थापित फोर्थ रनरअप, इभानी पुन मगर थर्ड रनरअप, डिजा आभा तिम्सेना सेकेन्ड रनरअप, सुशासिका घर्ती मगर फष्ट रनरअप विजेता बन्न सफल रहे ।
नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीताहरु भन्दा भिन्न तवरबाट अन्तर्राष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टमा सहित आयोजित प्रतियोगिताको होमनाथ आचार्य (प्रिन्सिपल माछापुच्छ्रे आइबी वल्र्ड स्कुल¬) सन्तोष दाहाल प्रिन्सिपल (ललितपुर युरो स्कुल), बुनु राई (प्राइमरी स्कुल को–अडिनेटर, काठमाडौँ वल्र्ड स्कुल) सुरैया शाक्य ( प्राइमरी को–अडिनेटर ज्ञानोदय बाल बाटिका उच्च माध्यमिक बिद्यालय) कल्पना त्रिपाठी (इवाईपी को–अडिनेटर जेभियर इन्टरनेशनल स्कुल) लगायत निर्णायक रहेका थिए ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।
विभिन्न आकर्षक शैलीमा बालबालिकाको स्टेज प्रस्तुतिसहित आयोजित प्रतियोगिता बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले जानकारी दिए । प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । प्रतियोगिताको यो चौथो संस्करण हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-05
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
