काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान, इन्टरनेशनल इन्ष्टिच्यूट फेसन टेक्नोलोजी (आईआईएफटी), तथा काठमाडौं क्यान्सर सेन्टर, निर्णय एनएसके टुर फर एजुकेशन र रातोचन्द्रसूर्य डटकमको संयुक्त आयोजनामा स्तन क्यान्सर तथा पाठेघर क्यान्सरविरुद्ध उत्पे्ररणामुलक कार्यक्रम बागबजारस्थित आईआईएफटीको कार्यलयमा सम्पन्न छ ।

कार्यक्रममा क्यान्सर उत्पे्ररणा रोकथामको लागि विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा अघि बढाइरहेको नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले जानकारी गराएका थिए । उक्त उत्पे्ररणामूलक कार्यक्रमलाई नेपाली समुदायमाझ शसक्त रुपमा अघि बढाइ क्यान्सर रोग लाग्नुका कारण, रोकथाम र रोग लागि सकेपछि गरिने उपचारात्मक उपायहरु बारेमा वरिष्ठ उपाध्यक्ष निर्णय एनएसकेले विस्तृत रुपमा जानकारी गराएका थिए ।

आईआईएफटी बागबजारमा आयोजित कार्यक्रमलाई मेडिकल अनकोलोजिष्ट डा. सुनिल श्रेष्ठले आफ्नो प्रस्तुतीद्वारा विद्यार्थीहरुलाई क्यान्सर सम्बन्धी विचार राखेका थिए ।

कार्यक्रमलाई नेपाल क्यान्सर निवारण प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष सागर कट्वालले उद्घोषण गर्नुका साथै युविका श्रेष्ठ, आकाशराज झा, वर्षा कोइरालाले सहयोगीको भूमिका निर्वाह गरेका थिए । आईआईएफटीका प्रबन्ध निर्देशक, फुपु तेन्जिङ्ग शेर्पाज्यूले यस्तै कार्यक्रमहरु आफ्ना अरु शाखाहरुमा पनि कार्यक्रम गर्ने प्रतिवद्धता गरेका थिए ।

आईआईएफटी का प्रबन्धक, उर्जा मानन्धरले कृतज्ञता ज्ञापन गर्दै क्यान्सर निवारणको लागि सधै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । आईआईएफटीका विद्यार्थीहरुको प्रश्नहरु सम्बोधन गरी कार्यक्रम सत्रको अन्त्य गरिएको थियो । सो कार्यक्रममा उपस्थित विद्यार्थीहरु जेनिशा डंगोल, राधिका चौधरी,सफरिन बोहरा, सविता शाह, रोजिना, कुइङ राई, निशा राना मगर, सजिना गिरी, सरुता गौतम, सावित्रा श्रेष्ठ पुन, तिशा श्रेष्ठ, उषा हमाल, जानकी बलायोर, संगिता श्रेष्ठ, स्वकृति खड्का, स्मरिका पुलामी, धनी आले मगर, पुनशी तामाङ, माया महोरा, दिव्या आचार्य, चन्द्रिका ओझा, मरियम खातुन, पुजा गुरागाईं, अन्जु महोतो, अप्सरा बि.के, बसन्ती बालम्पकी, रेणु राई, सरहाना महर्जन, प्रतिमा खत्री, सिजन पन्त, ईशा चौधरी, अस्मिता सार्की, सुविज्ञान ठकुरी, तुलसी चौधरी, आस्था थापा मगर, सुचिता तिङ्करी, पविना पौडेलले भाग लिएका थिए ।


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-03
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
