काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को एक थान न्यारो बडी जहाज इन्जिन सट्टापट्टा गर्न इजरायल लगिएको छ । निगमकानिर्देशक तथा प्रवक्ता अर्चना खड्काका अनुसार निगम र इजरायलस्थित आईएमआईबीच विद्यमान मेन्टिनेन्स विथ लिज सपोर्ट सम्झौताका आधारमा वार्ताका माध्यमबाट समझदारी भएपछि जहाज इजरायल पठाइएको हो ।
नेवानिको ‘ए३२०–२००’ सिरिजको न्यारो बडी जहाज आइतबार पठाइएको हो । इन्जिन तथा प्राविधिक प्रक्रिया पूरा भएपछि जनवरी दोस्रो साता जहाज काठमाडौं आउने तालिका छ ।

नेवानि उच्च व्यवस्थापनको निरन्तर प्रयासले लामो समयदेखि विवादमा रहेको विषय टुंगिएपछि निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र सञ्चालक समितिका अध्यक्ष विक्रम राईको सहयोगमा विमान इजरायल पठाइएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-30
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
