काठमाडौं । फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजर बलियो देखिएको छ । यसको बिषयवस्तु फरक छ ।
किरण नेपालीको निर्माणमा तयार भएको यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । सुनारकै कथा रहेको फिल्मलाई महेश दवाडीले लेखेका हुन् ।
यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ । फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा देखिएका छन् । नायिका परिक्षा लिम्बुलाई टिजरको अन्तिममा देख्न सकिन्छ । उनी, फिल्ममा सरप्राइज प्याकेजको रुपमा देखिएकी छिन् ।
निसाल पौडेलको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनबी महर्जनको एक्सन छ । सुरज आचार्य फिल्मका निर्माण प्रमुख हुन् ।
फिल्म ‘कल्ली’ले भगवान् र राक्षसको कथा प्रस्तुत गरेको छ । यो फिल्मले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ । मानिसको मनमा हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ भने राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई यो फिल्मले प्रस्तुत गरेको छ ।
फिल्मको मेकिङ बलियो देखिएको छ । टिजरमा प्रस्तुत गरिएको ब्याक ग्राउन्ड स्कोर र केही संवादले दर्शकलाई हलसम्म तान्न महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यारनमा यो फिल्म निर्माण भएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-28
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
