काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारका लागि आज बिहान ७ बजेदेखि आइतबार साँझ ७ बजेसम्म आन्तरिक मतदान गर्दैछ ।
रास्वपाले फागुन २१ गतेको प्रतिनिधि सभाको मानुपातिक तर्फका ११० उम्मेदवार छनोट गर्न गत कात्तिक २२ गतेदेखि नै प्रक्रिया शुरु गरेको थियो । समानुपातिकमा उम्मेदवार बन्न ३८० जनाले आवेदन दिएका छन् र उनीहरुको ब्लुप्रिन्ट, शून्य समयमा प्रस्तुतिपछि मतदान गर्न लागिएको छ । मतदानका लागि ३६ घण्टाको समय निर्धारण गरिएको छ ।
रास्वपाले ६ क्लस्टर खसआर्य, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी र थारू बनाएर मतदान गर्न लागेको छ । जसअनुसार खसआर्यबाट ३३ जना, आदिबासीबाट ३२ जना, मधेसीबाट १८ जना, दलितबाट १५ जना, थारुबाट ८ जना र मुस्लिमबाट ५ जना उम्मेदवार चयन गर्दैछ ।
आन्तरिक मतदानमा अधिकतम ११० जनालाई मतदान गर्न सकिने र न्युनतम ५७ जना महिला उम्मेदवारलाई मत दिनुपर्ने व्यवस्था गरिएको छ । मतदातालाई कुनैपनि क्लस्टर खाली छोड्न नपाइने कम्तिमा १० प्रतिशत मतदान गर्नैपर्ने भनिएको छ ।
रास्वपाले यसअघि पनि उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको थियो । नेपालमा अन्य दलले भन्दा फरक अभ्यास गरेपनि यस प्रक्रियाको पारदर्शितामा भने प्रश्न उठ्ने गरेको छ । उम्मेदवारले कति मत पाए, कति मतदान भयो भन्ने विवरण सार्बजनिक नगरिएकाले प्रश्न उठाउने गरिएको छ ।
साथै काठमाडौँ महानगरका प्रमुख बालेन शाह, कुलमान घिसिङ र जेनजी समुहहरुसँग सहकार्य गर्ने प्रयास जारी रहेकाले यस प्रक्रियामा रहेका कति जना उम्मेदवार बन्न पाउछन् भन्ने अनिश्चित नै रहेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-27
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
