काठमाडौँ । भारतको ओस्कारमा मनोनित फिल्म ‘होमबाउन्ड’ लाई चोरीको आरोप लागेको छ । लेखिका तथा पत्रकार पूजा चांगोईवालाले आफ्नो २०२१ को पुस्तक ‘होमबाउन्ड’ बाट साहित्यिक चोरीको आरोपमा करण जोहरको धर्मा प्रोडक्सन र नेटफ्लिक्स इन्डियाविरुद्ध मुद्दा दायर गरेकी छिन् ।
पूजाले फिल्मको शीर्षक उनको पुस्तकसँग मिल्दोजुल्दो भएको दाबी गरेकी छिन् । दृश्य, संवाद, कथा संरचना, र घटनाहरूको क्रम पनि पुस्तकबाट प्रतिलिपि गरिएको दाबि छ । दुवै कथाहरू कोभिड-१९ को समयमा मजदुरहरूको बसाइँसराइमा आधारित छन् । उनले अक्टोबर १५ मा कानुनी सूचना पठाएकी थिइन्, तर निर्माताहरूले यसलाई बेवास्ता गरेका थिए ।
पूजाले बम्बई उच्च अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया शुरु भएको बताएकी छन् । उनले अब औपचारिक कानुनी कार्यवाही सुरु गरेर मुद्दालाई अगाडि बढाएकी छिन् । उनले वाणिज्य अदालत ऐन, २०१५ को धारा १२ए अन्तर्गत महाराष्ट्र राज्य कानूनी सेवा प्राधिकरणमा निवेदन दर्ता गरेकी छिन् । जसलाई बम्बई उच्च अदालतमा मुद्दा दायर गर्नु अघि आवश्यक पर्ने अनिवार्य पूर्व-संस्था मध्यस्थता प्रक्रिया मानिन्छ ।
उनी फिल्मको वितरणमा प्रतिबन्ध, प्रतिलिपि गरिएको सामग्री हटाउन, शीर्षक परिवर्तन र क्षतिपूर्ति माग गर्दै छिन् । उनले फिल्मको पटकथा उनको पुस्तकको एक वर्ष पछि २०२२ मा लेखिएको थियो, यो संयोग हुन सक्दैन ।
धर्म प्रोडक्सनले यो मुद्दा कानुनी माध्यमबाट समाधान भइरहेको बताएको छ । फिल्ममा इशान खट्टर, विशाल जेठवा र जान्हवी कपूरले अभिनय गरेका छन् । नीरज घायवानद्वारा निर्देशित यो फिल्म शीर्ष १५ ओस्करको लागि सर्टलिस्ट गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
