काठमाडौँ । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाएको छ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाएर बयानका लागि बोलाएको हो । पत्रमा लेखकलाई आयोगमै ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ ।
आयोगले यसपछि तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र पठाउने तयारी गरेको छ ।
सरकारका तर्फबाट भने २३ र २४ भदौको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन भएर काम गरिरहेको छ ।
यस क्रममा आयोगको सुरुमा तोकिएको तीन महिनाको समय सकिएपछि एक महिना थप गरिएको छ । जस अनुसार आयोगको म्याद माघ ९ गतेसम्म रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
