काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागारबाट रिहा भएलगत्तै राजनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । सहकारी ठगी प्रकरणमा लामो समय हिरासतमा रहेका लामिछानेले यही पुस ४ गते रिहा भएसँगै राजनीतिक सक्रियता बढाएका हुन् ।
आन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कर्कीसँग भेट गरिसकेका लामिछानेले राति काठमाडौँ महानगरका मेयर बालेन शाहसँग पनि करिब पाँच घण्टा ‘वान–टु–वान’ वार्ता गरेका छन् । यस भेटवार्ताले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
रास्वपा नेता असीम शाहको निवासमा सोमबार साँझ ६ बजेदेखि सुरु भएको वार्ता राति साढे १ बजेसम्म चलेको थियो । वार्तामा रवि लामिछानेसहित रास्वपाका उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असीम शाह सहभागी थिए भने बालेन शाहका तर्फबाट उनका सल्लाहकार कुमार बेन सहभागी थिए ।
त्यस्तै जेनजी अगुवा सुदन गुरुङ पनि बैठकमा सहभागी थिए । करिब ६ घण्टा चलेको बैठकमध्ये झन्डै पाँच घण्टा रवि र बालेनबीच एक्लाएक्लै संवाद भएको थियो । सो अवधिमा अन्य सहभागीहरू छुट्टै बसेका थिए । सुरुवातमा रवि र बालेनबीच व्यक्तिगत विषयमा कुराकानी भएको बताइएको छ ।
केही दिनअघि मात्र बाबु गुमाएका बालेन र करिब २ सय ६० दिन कारागार बसाईपछि बाहिर आएका रविबीच भावनात्मक संवाद भएको बताइन्छ । त्यसपछि देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको लामिछाने निकट नेताहरुले बताएका छन् ।
भेटवार्तामा वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै मुलुकको परिवर्तनका लागि आगामी निर्वाचन मात्र नभई दीर्घकालीन रूपमा सहकार्य गर्दै अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रास्वपा नेता असीम शाहले सबैको आशा र अपेक्षाअनुसार देश निर्माणका लागि मिलेर अघि बढ्नुपर्ने भावनाका साथ वार्ता भएको जानकारी दिए । साथै उनले सामाकिज सञ्जालमार्फत कथाको सुखद सुरुवात भएको पनि उल्लेख गरेका छन् ।
वार्ता सकिएपछि रवि लामिछाने र बालेन शाह एउटै गाडीमा बाहिरिएका थिए । कारागारबाट मुक्त भएपछि लामिछानेले जेनजी आन्दोलनमा घाइते भएका र शहीद परिवारहरूसँग पनि भेटघाट गरेका थिए । यस कदमलाई उनले युवा आन्दोलनसँग जोड्दै आफ्नो राजनीतिक आधार मजबुत बनाउने रणनीतिका रूपमा हेरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
