काठमाडौँ , पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली लगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बधाइ दिएकी छन्।
एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धामार्फत पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको टिप्पणी गरेकी छन्।उनले जारी गरेको सन्देशमा भनिएको छ, “यस महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति हार्दिक धन्यवाद। लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया हो, जसले संस्थालाई अझ सुदृढ र जीवन्त बनाउँछ।”
सन्देशमा भण्डारीले निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको सिद्धान्तको मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई थप मजबुत बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरेकी छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
