काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज चितवनमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुने भएका छन्।रास्वपाले भरतपुर महानगरपालिका–को चौबीसकोठीमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछाने सहभागी हुनेछन्। पार्टीका प्रवक्ता मनीष झा का अनुसार उक्त कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ, जहाँ लामिछानेले छोटो तर विशेष सम्बोधन गर्ने कार्यक्रम छ।प्रवक्ता झाले सभापति लामिछाने दिउँसो काठमाडौं फर्किएपछि जेन–जेड आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका परिवारसँग भेटघाट गर्ने कार्यक्रम औपचारिक रूपमा सुरु गर्ने जानकारी दिएका छन्।सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै झाले भोलि दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय घण्टाघर, बनस्थलीमा सभापति लामिछानेको स्वागत कार्यक्रम आयोजना गरिने उल्लेख गरेका छन्।सहकारी ठगी प्रकरणमा नख्खु कारागार मा न्यायिक हिरासतमा रहेका लामिछाने आवश्यक क्षतिपूर्ति रकम बुझाएपछि शुक्रबार धरौटीमा रिहा भएका थिए।उच्च अदालत को बुटवल इजलासका न्यायाधीश बसुदेव आचार्य र तेज नारायण पौडेल को संयुक्त इजलासले सर्तसहित उनलाई रिहा गर्न आदेश दिएको हो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
