ललितपुर, भक्तपुरको बालकोट–२ वडाका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन्।
उनीहरू आज औपचारिक रूपमा पार्टीमा प्रवेश गर्दै एकता अभियानमा आबद्ध भएका हुन्।पार्टी प्रवेश गर्नेहरूमा एमाले बालकोटका नेता तथा वडा नं. २ का अध्यक्षका उम्मेदवार रवि श्रेष्ठ, नेपाल–कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. डी. के. रोसन, साथै एमाले सूर्यविनायक क्षेत्रका नेता–कार्यकर्ताहरू ईश्वर सिलवाल, हरि बास्कोटा, भाइ कृष्ण श्रेष्ठ, अमृत सिलवाल, कृष्ण सिलवाल, विकास खत्री, दीपक खत्री, धुर्व के.सी., रुकुश वेकाजु, सुदिप प्रजा र कृष्णशरण लामिछानेलगायत रहेका छन्।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई प्रचण्ड, नेपाली कम्युनिस्ट पार्टीका संयोजक,ले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। सो अवसरमा उहाँले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज परिवर्तन र जनताको हितमा दृढतापूर्वक अघि बढ्न नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गर्नुभयो।कार्यक्रममा पार्टी प्रवेश गरेका नेताहरूले नेपाली कम्युनिस्ट पार्टीको नीति, विचार र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टीलाई संगठनात्मक रूपमा बलियो बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
