काठमाडौं , नेकपा एमालेको ११औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै एउटै व्यक्तिले पटक–पटक नेतृत्वमा दाबी गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्।
राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनका क्रममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अध्यक्ष ओलीले विधानअनुसार तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएको देखिए पनि व्यवहारतः यो चौथो पटकको प्रयास भएको दाबी गरे। आठौँ, नवौँ, दशौँ र हालको एघारौँ महाधिवेशनमा ओलीले अध्यक्ष पदमा नोमिनेसन दर्ता गराएको उनको भनाइ थियो।
‘हाम्रो प्रश्न सरल छ—एउटा नेताले एउटै पदमा कति पटक उम्मेदवारी दिने ?’ भट्टराईले प्रश्न गरे। उनले पार्टीभित्र दुई कार्यकालको प्रणाली पुनःस्थापना गर्न प्रयास भए पनि हाल सम्भव नभएको भन्दै भविष्यमा एमाले त्यसै दिशातर्फ जानुपर्नेमा जोड दिए।
अध्यक्ष ओली पक्षबाट सार्वजनिक भएको प्यानलतर्फ संकेत गर्दै भट्टराईले मुख्य नेतृत्वबाटै समूहबन्दी सुरु भएपछि गुटबन्दी गर्न नपाइने भन्ने नैतिक आधार कमजोर बनेको टिप्पणी गरे। ‘नेतृत्वबाटै समूह बनेपछि प्रतिस्पर्धाको बाटो सबैका लागि खुला हुन्छ,’ उनले भने।
उनले निर्वाचन आयोगको आचारसंहिताले समूहगत प्रचारमा रोक लगाए पनि पार्टीको आधिकारिक जस्तो देखिने गरी सूची सार्वजनिक हुनु स्वयं समूहको भावना बोकेको तर्कसमेत प्रस्तुत गरे।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-16
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
