काठमाडौं । चलचित्र ‘मिरमिरे’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । यो सिनेमाको टिजर सार्वजनिक भइसकेको छ । टिजर दर्शकले मन पराइरहेका छन् ।
बुवा र छोरीको इमोस्नल सम्बन्ध रहेको सिनेमाको टिजर दर्शकको नजरमा परेको हो । प्रोमोस्नल कन्टेन बाहिर ल्याउन थालेको निर्माण टिमले केही दन पछाडि गीत सार्वजनिक गर्ने तयारी गरेको छ ।
सिनेमाको गीत बेनुका राईको स्वर रहेको निर्माण टिमले बताएको छ । बेनुका अभिनेता दयाहाङ राईकी श्रीमती हुन् । बेनुका गायिका हुन् । तर, उनी विवाह र दयाहाङ राई अभिनयमा व्यस्त भएपछि गायन त्यति धेरै सक्रिय छैनन् । सिनेमाको कथा भन्ने गीत बेनुकाले गाएको बताइएको छ । बेनुकाको स्वर रहेको यो गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
सिनेमामा लेखन तथा निर्देशन यम शेर्पाको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
