काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले ४ बजेदेखि मतदान शुरु हुने जानकारी दिएको हो । यस अघि १ बजेदेखि मतदान शुरु हुने भनिएको थियो । आयोगले विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम सेटिंग गरी परीक्षण गर्न समय लागेकाले ४ बजेदेखि मात्र मतदान शुरु हुने बताएको छ ।
आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।
क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २० देखि २५ मिनेटको समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ घण्टा लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
