काठमाडौँ, एसिसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपाल बङ्गलादेशसँग सात विकेटले पराजित भएको छ। युएईको दुबईस्थित द सेभेन्स रङ्शालामा भएको खेलमा बङ्गलादेशले टस जितेर पहिले फिल्डिङ गरेको थियो।पहिले ब्याटिङ गरेको नेपाल ३१ दशमलव १ ओभरमै सबै विकेट गुमाउँदै १३० रनमा समेटियो। नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन बनाए भने आशिष लुहारले २३ र साहिल पटेलले १८ रनको योगदान दिए। बङ्गलादेशका एमडी सोबुजले तीन विकेट लिँदा साद इस्लाम, अजिजुल हाकिम र शाह्रियर अहमदले समान दुई–दुई विकेट लिए।१३१ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २४ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। जावाद अब्रारले अविजित ७० रन बनाए भने कलाम सिद्दिकीले ३४ रन जोडे। नेपालका लागि अभिशेख तिवारी र युवराज खत्रीले एक–एक विकेट लिए।यसअघि नेपाल आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-15
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
