दमौली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन–पोखरा सडक समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। जामुने–पोखरा पश्चिम खण्डको निरीक्षण गर्दै उहाँले काम तीव्र बनाएर आवागमन सहज गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो।पश्चिम खण्डमा हाल ५९.७६% भौतिक र ४७.८०% वित्तीय प्रगति भएको छ। ४८.८८ किमीमध्ये ३७.४ किमीमा पहिलो तहको कालोपत्र सम्पन्न भइसकेको छ। १२ मध्ये ११ पुल सम्पन्न छन्, सेती नदीमा एक पुल निर्माणाधीन छ। आयोजना २०७८ जेठ ३ मा रु ७.४० अर्बमा सम्झौता भई पुस १६ सम्म सम्पन्न गर्ने लक्ष्य छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
