काठमाडौँ , राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन्।राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देशमा खेलप्रतिको लगाव, उत्साह र समर्पण देखाएका सबै टोली सदस्यलाई विशेष सम्मान गरेका छन्। उनले भनेका छन्, “विजेता र उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ। साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ, जसले खेलकुदलाई प्रोत्साहित गरेका छन्।”लुम्बिनी लायन्सले फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको एनपीएल उपाधि आफ्नो नाममा पारेको थियो। यसअघि प्रधानमन्त्री सुशीला कार्कीले पनि विजेता टोलीलाई बधाई दिँदै खेलकुदमा देखाइएको प्रतिबद्धता र उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेकी थिइन्।राष्ट्रपति पौडेलले खेलकुद र खेलाडीको समर्पणले मात्र व्यक्तिगत सफलता नभई राष्ट्रिय गौरव पनि बढाउने उल्लेख गर्दै भविष्यमा पनि खेलप्रति युवा पुस्ताको उत्साह र सहभागितालाई प्रोत्साहित गर्न सबैसँग सहकार्यको आग्रह गरेका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
