काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा प्रवासी नेपाली र अन्तर जिल्लाबाट मतदान गर्ने व्यवस्था तत्काल सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।शुक्रबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विदेशबाटै मत खसाल्ने प्रबन्ध र स्वदेशमै अन्तर जिल्ला मतदानको व्यवस्था सम्भव भएको बताए।
उनका अनुसार, “विदेशमा रहेका नेपालीलाई विदेशबाटै र स्वदेशमै अन्तर जिल्ला मतदानको व्यवस्था गर्न सकिन्छ। त्यसलाई सुनिश्चित गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउनुपर्छ,” भनेर बैठकले सरकारसँग माग गरेको छ।
राप्रपाले आगामी पुसमा जनसंवाद र प्रदर्शनका कार्यक्रम गर्ने पनि निर्णय गरेको अध्यक्ष लिङ्देनले जानकारी दिए।यस्तै, मधेश प्रदेशसभाका सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट फिर्ता बोलाउने पार्टीको निर्णयलाई पनि बैठकले अनुमोदन गरेको जनाएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
