नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ उद्यमी, व्यवसायी र समग्र अर्थतन्त्रका समस्याको समाधानमा ‘ट्रबलसुटर’को भूमिका निर्वाह गर्दै आएको बताएका छन्।काठमाडौंमा सम्पन्न नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ साधारणसभा तथा छैठौँ महाधिवेशनमा उनले श्रम विवाद, डेडिकेटेड–ट्रंकलाइन समस्या, कानुनी सुधार, कालाबजारी ऐन संशोधन लगायतका मुद्दामा महासंघले निरन्तर पहल गर्दै आएको बताए।ढकालले लामो समयदेखि बल्झिएको डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधानका लागि आफूले प्रधानमन्त्री सुशिला कार्की र ऊर्जा मन्त्री कुलमान घिसिङलाई गरेको आग्रहपछि सरकारले सक्रिय पहल देखाएकोमा धन्यवाद व्यक्त गरे।
उत्पादन वृद्धि र रोजगारी सृजनाका लागि ठूलो मात्रामा पुँजी आवश्यक परेकाले १० अर्ब रुपैयाँ पुँजीसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरिएको उनले जानकारी दिए। उक्त कम्पनीमार्फत ठूला पूर्वाधार तथा बहुआयामिक परियोजनामा लगानी गरिने उनले बताए।
हालैको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको प्रहारको उल्लेख गर्दै ढकालले संलग्नलाई कानुनी कारबाहीमा ल्याउन सरकारलाई आग्रह गरे। उनले समृद्ध राष्ट्र निर्माणका लागि सबैको हातेमालो आवश्यक रहेको पनि बताए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
