ढाका, बङ्गलादेशमा डेंगुको तीव्र प्रकोपका कारण यो वर्ष अहिलेसम्म ४०१ जनाको ज्यान गएको स्वास्थ्य सेवा महानिर्देशनालय (DGHS) ले बुधबार प्रकाशित गरेको तथ्याङ्कले देखाएको छ।जनवरीदेखि देशभर ९८ हजार ७०५ जनामा डेंगु ज्वरोको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै ३ जनाको मृत्यु भएको र ४२१ जनामा नयाँ संक्रमण पाइएको छ।महानिर्देशनालयका अनुसार डिसेम्बरमा हालसम्म १९, नोभेम्बरमा १०४ र अक्टोबरमा ८० जनाको मृत्यु भएको छ। नोभेम्बर महिनामा मात्र २४ हजार ५३५ नयाँ संक्रमित भेटिएका थिए, भने डिसेम्बरमा हालसम्म ४ हजार ३०८ संक्रमित दर्ता भएका छन्।डेंगु संक्रमण नियन्त्रणमा चुनौती बढिरहेको बताउँदै स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोकथाम, लार्भाविरोधी अभियान र सरसफाइका कार्यक्रमलाई तीव्र पार्ने तयारी गरेका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
