भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले पृथ्वी राजमार्ग र महेन्द्र राजमार्गका महत्वपूर्ण खण्डहरूको स्तरोन्नति तथा विस्तार कार्यलाई तीव्रता दिने भएको छ।सडक विभागको आयोजना निर्देशनालय (एडीबी) ले सार्वजनिक सूचना जारी गर्दै एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित विभिन्न सडक आयोजनाहरूको विवरण सार्वजनिक गरेको छ।
निर्देशनालयअनुसार, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन बजारदेखि त्रिशुलीपारी (गोरखा तर्फ) हुँदै मर्स्याङ्दी जलविद्युत् आयोजनाभन्दा पश्चिमसम्म नयाँ २ लेनको सडक निर्माण गरिनेछ।
त्यहाँबाट आबुँखैरेनीसम्मको पुरानो राजमार्गलाई ४ लेनमा विस्तार गरिने योजना छ।यस्तै, महेन्द्र राजमार्गको नारायणगढ–हेटौँडा खण्डमा पनि ठूलो स्तरोन्नति हुने भएको छ। विशेष गरी गोन्द्राङ–टिकौली जंगल क्षेत्रमा करिब २ किलोमिटर लामो ‘फ्लाइओभर’ निर्माण गरिनेछ, जसले यातायात सहज र सुरक्षित हुने सडक विभागले जनाएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
