काठमाडौँ, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशले देशभर नयाँ राजनीतिक समीकरण निर्माणको सुरुवात गरिदिएको दाबी गरेका छन् ।मधेशबाट सुरु भएको गठबन्धन सबै प्रदेशमा अगाडि बढ्छ : प्रचण्डशनिबार जनकपुर गाछीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले मधेशमा बनेको नयाँ सत्ता संयोजनलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गरे ।प्रचण्डले भने, ‘मधेशले अहिले भर्खरै परम्परागत, तथाकथित पक्षलाई पछाडि पारेर नयाँ राजनीतिक सङ्केत दिएको छ। मधेस सरकारले नेपाली कम्युनिस्ट पार्टी, मधेश केन्द्रित दलहरू र नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाएको छ।’उनका अनुसार देशमा वर्षौँदेखि चल्दै आएको पुरानो राजनीतिक समीकरण अब समाप्त भइसकेको छ । प्रचण्डले थपे, ‘केही वर्षदेखिको तथाकथित समीकरण टुटेको छ र नयाँ समीकरणको सुरुवात मधेसबाटै भएको छ।’प्रचण्डले मधेसबाट आएको सन्देश अब अन्य प्रदेशहरूमा पनि फैलिने दाबी गर्दै भने, ‘मधेसबाट देखिएको यो सन्देश अब देशका बाँकी प्रदेशमा पनि अगाडि बढ्ने छ। नयाँ एउटा समीकरण र परिवर्तन अगाडि बढ्ने छ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
