स्वस्थ बुढ्यौली तथा ज्येरियाट्रिक सेवाबारे क्षेत्रीय विशेषज्ञहरूको सहभागिता

काठमाडौं, ६ डिसेम्बर। ‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) सम्मेलन २०२५’ काठमाडौंमा सम्पन्न भएको छ।काठमाडौँको लेखनाथ मार्गस्थित द मल्ल होटलमा भएको इक दिने सम्मेलन जेरियाट्रिक सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

‘फ्रम ओसियन टु द हिमालयजः ट्रान्सफर्मिङ जेरियाट्रिक केयर टुगेदर’ भन्ने थिममा भएको सम्मेलनमा ज्येष्ठ नागरिकसँग सम्बन्धित डिमेन्सिया तथा कग्निसन, जेरियाट्रिक्स (ज्येष्ठ नागरिक चिकित्सा), मूभमेन्ट डिसअर्डर्स, स्ट्रोक तथा शारीरिक गतिविधि, ज्येष्ठ नागरिक हेरचाह तथा स्याहार, समुदाय आधारित जेरियाट्रिक्स र नर्सिङ, लड्ने जोखिम तथा दुर्बलता (फ्रेल्टी) जस्ता महत्वपूर्ण विषयहरूमा प्रस्तुतिकरणहरू भएका छन्।सम्मेलनमा नेपाल सहित २० भन्दा बढी राष्ट्रका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर, ज्येष्ठ नागरिक विज्ञ, अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका प्रोफेसरहरूद्वारा प्रस्तुति रहनेछ, साथै १५० भन्दा बढीको सहभागिता थियो। सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले गरेकी छन्। उनले नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्रगतिले बढ्दै गएको भन्दै जेरियाट्रिक सेवा विस्तार, ज्येष्ठ नागरिक–मैत्री स्वास्थ्य संरचना, दीर्घरोग व्यवस्थापन तथा परिवार र समुदायमा आधारित हेरचाह प्रणालीलाई सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रमको स्वागत मन्तव्य ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ डा. जगदीश कुमार क्षेत्रीले राख्नुभयो। त्यसैगरी एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एजीपीएन)का अध्यक्ष प्रो। लिओन फ्लिकरलाई सम्मेलनमा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ ले सम्मान गरिएको थियो। सम्मेलनको उद्घाटन समारोहको समापन गर्दै जेरियाट्रिक सोसाइटी अफ नेपाल (जीएसएन) का अध्यक्ष डा। उमेश बोगटीले नेपालले स्वस्थ बुढ्यौलीलाई राष्ट्रिय प्राथमिकतामा लैजाने प्रतिबद्धता व्यक्त गरे।डिमेन्सिया एण्ड कग्निसन अर्थात् संज्ञानात्मक स्वास्थ्यबारेको पहिलो सत्रमा प्रा। फ्लिकरले डिमेन्सिया भएका व्यक्तिको संख्या, सेवा योजना र आगामी चुनौतीबारे प्रस्तुति दिएका थिए। त्यस्तै अन्य विभिन्न प्रस्तुतिहरूमा औषधि बाहेकका उपचार, आ–कोप (क्ष्ऋइएभ्) मोडेल तथा समुदायमा आधारित व्यवहारात्मक पक्षबारे जानकारी गराइएको थियो।त्यस्तै जेरियाट्रिक मेडिसिन सत्रमा स्वास्थ्य सेवा विभागकी ज्येष्ठ नागरिक तथा लैङ्गिक हिंसा शाखाकी प्रमुख कविता अर्यालले नेपाल सरकारका जेरियाट्रिक सेवा सम्बन्धी पहलहरूबारे प्रस्तुति दिएकी थिइन्।

त्यसैगरी अष्ट्रेलियाका प्राध्यापक वासि नागानाथनले न्यून आय भएका मुलुकहरूका लागि जेरियाट्रिक मेडिसिन विभाग सञ्चालनका अनुभव सुनाएका थिए। विभिन्न सत्रमा अग्रिम हेरचाह योजना, ‘मेडिसिन ३, र जीवनको अन्तिम अवस्थाको हेरचाह सम्बन्धी विषयहरू उठाइएका थिए।त्यसैगरी बुढ्यौलीमा हुने नसा–रोग सम्बन्धी सत्रमा प्राध्यापक पियु चानले पार्किन्सन्स रोग उपचारमा प्रयोग भइरहेका नयाँ प्रविधिबारे मुख्य प्रस्तुति दिएका थिए। यस सत्रमा स्ट्रोक रिह्याबिलिटेसन, घरमै दिइने जेरियाट्रिक सेवा तथा गोर्खा भूतपूर्व सैनिकमा गरिएको क्लिनिकल अध्ययनका नतिजाहरू समेत प्रस्तुत गरिएको थियो।सामुदायिक जेरियाट्रिक्स तथा हेरचाह सम्बन्धी सत्रमा डा। अरविन्द माथुरले पारिवारिक हेरचाहकर्तालाई सहयोग पुर्‍याउने नवीन उपायबारे बोलेका थिए। नेपालको सामुदायिक स्वस्थ बुढ्यौली कार्यक्रम तथा केयर–होम संचालनका अनुभवहरू, साथै ज्येष्ठ नागरिक–मैत्री समुदायको मूल्याङ्कन जस्ता विषयमा आफ्ना अनुभव साटेका थिए।

अन्तिम सत्र फ्रेल्टी रोकथाममा प्राध्यापक माउ पिन टानले कम आय–स्रोत भएका मुलुकमा लागू गर्न सकिने रोकथामका उपायबारे प्रस्तुति दिएका थिए। त्यसैगरी आन्तरिक क्षमता, कमजोरी, क्लिनिकल अनुभव तथा स्वस्थ बुढ्यौलीबारे समेत प्रस्तुत गरिएको थियो।यो सम्मेलनलाई नेपालले स्वस्थ बुढ्यौली र जेरियाट्रिक सेवा विकासको महत्वपूर्ण कदमका रूपमा लिएको छ। ज्येष्ठ नागरिकको कुल जनसङ्ख्या बढ्दै गएको एशिया–प्यासिफिक क्षेत्रमा यस प्रकारका संयुक्त पहल आवश्यक रहेको विशेषज्ञहरूले बताएका छन्।सम्मेलनको समापन सत्रमा बोल्दै जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष डा. उमेश बोगटीले भने, वृद्धहरूको सम्मानजनक, स्वच्छ र अर्थपूर्ण जीवनका लागि क्षेत्रीय साझेदारी अत्यावश्यक छ। नेपालले यो सम्मेलनमार्फत स्वस्थ बुढ्यौलीलाई नयाँ गति दिन सफल भएको छ।’

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-12-06