काठमाडौँ । आज विश्व एड्स दिवस मनाइदैछ । आज ३८औं विश्व एड्स दिवस अवोरोधहरु पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ भन्ने नाराका साथ मनाइदै छ । यो दिवस हरेक बर्ष डिसेम्बर १ मा मनाइने गरिन्छ ।
यस वर्षको नाराले हालका चुनौतीहरूको बीचमा पनि एचआईभी/एड्स विरुद्धको प्रतिबद्धता अझ बलियो रहनुपर्ने सन्देश दिन्छ। एचआईभी निर्मुल गर्ने अभियानमा आएका अवरोधहरूलाई अवसरमा बदल्दै, समुदाय-केंद्रित प्रयास, समान पहुँच, मानवअधिकार र नवीन समाधानमार्फत एड्स-मुक्त भविष्यतर्फ अघि बढ्न सबैलाई एकसाथ हातेमालो गर्न यो वर्षको नाराले आह्वान गरेको छ ।
सन् २०२४ को अन्त्यसम्म नेपालमा ३४ हजार ३ सय ३७ व्यक्तिमा एचआईभी संक्रमण भएको छ । सरकारी तथ्यांक अनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरूमा एचआइभी संक्रमण छ ।
त्यस्तै १५ वर्षभन्दा माथिका एचआइभी संक्रमित पुरुषहरूको संख्या १९ हजार २ सय ७९ रहेको र एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरू रहेका छन् । अझैपनि दिनमा २ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको सरकारी आँकडा रहेको छ ।
नेपालमा सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य सरकारको रहेको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
