काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशिला कार्कीलाई भेट गरेर पाँच बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
शनिबार अध्यक्ष लिङदेनसहितको टोलीले प्रधानमन्त्री कार्कीलाई पाँच बुँदे माग पेश गर्दै राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षधरहरू सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिन माग गरेको छ ।
राप्रपाले भदौ २३ र २४ गते भएको ऐतिहासिक जेन्जी विद्रोह र त्यस पश्चात निर्माण भएको वर्तमान सरकार केवल २०८४ सालमा हुनुपर्ने आवधिक संसदीय निर्वाचन २०८२ सालमा गर्नको लागि मात्रै भएको र बनेको होइन भन्ने राप्रपाको दृष्टिकोण रहेको उल्लेख गर्दै फागुन २१ गते सम्पन्न हुने भनिएको आम निर्वाचन अगावै वर्तमान सरकारबाट तत्काल राजासहित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिन माग गरेको छ ।
राप्रपाका माग:
१- आगामी निर्वाचन अगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतका पक्षधरहरू सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस् ।
२- अब हुने आम निर्वाचनमै अन्तर जिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव छ र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाइयोस् ।
३- जेन्जी प्रदर्शनमा सहभागी भएकै कारण देशका विभिन्न भागमा भएको प्रदर्शनका सहभागीहरूलाई पक्रने, मुद्दा लगाउने जस्ता कामहरू भइरहेको छ । यस प्रकारका कार्यहरू तत्काल रोकियोस् ।
४- जेन्जी आन्दोलनका सहिद परिवार, घाइतेहरूको माँग अविलम्ब पुरा गरियोस् ।
५- सरकारसँग विभिन्न माँगहरू लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेका जेन्जीहरु माथि भइरहेको दमन र उपेक्षा उपयुक्त छैन । यसप्रकारको कार्य तत्काल बन्द गरियोस् र वार्ता संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास होस् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
