काठमाडौं । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ। निगमले रोजगारिकालागि दमाम, दोहा, दुबई र क्वालालम्पुर गन्तव्यमा जाने श्रमिक यात्रुहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको हो।
‘नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ । श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साबिकको भाडामा १०५ विशेष सहुलियत दिने निर्णय गरेको छ, निगमले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
निगमका अनुसार श्रम सम्झौताका आधारमा यात्रा गर्दा प्रत्येक उडानमा उपलब्ध सीटअनुसार १० प्रतिशत छुट प्रदान गरिनेछ। यसका लागि आवश्यक कागजातसहित निगमका बिक्री काउन्टरबाटै टिकट लिन सकिने व्यवस्था गरिएको छ।
यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्नेछन् । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने निगमले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-28
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
