काठमाडौं । नेपाल सरकारले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा अमृतमान श्रेष्ठलाई नियुक्ती गरेको छ । यही मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई निगमको महाप्रबन्धक नियुक्ति गर्ने निर्णय गरेको हो ।
यसअघि श्रेष्ठ नेपाल वायुसेवा निगममा संचालक समितिको सदस्यका रुपमा कार्यरत थिए । श्रेष्ठलाई सरकारले नेपाल वायुसेवा निगम ऐन २०१९ बमोजिम महाप्रबन्धकको काम, कर्तव्य समेत गर्नेगरी कार्यकारी संचालकको रुपमा नियुक्ति गरेको हो । महाप्रबन्धक श्रेष्ठले पदबहाली ग्रहण गरी कार्य आरम्भसमेत गरिसकेका छन् ।

महाप्रबन्धक श्रेष्ठलाई निगमका कर्मचारीहरुले एक समारोहको आयोजना गरी बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
निगममा पदबहालीपछि महाप्रबन्धक श्रेष्ठले निगमको कार्यकारी समितिको बैठक बोलाई निगमको समग्र विषयमा विभागीय प्रमुखहरुबाट जानकारी लिएका थिए । महाप्रबन्धक तथा कार्यकारी संचालक श्रेष्ठले बैठकमा बोल्दै निगमको हितमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिए । साथै, उनले इजरायलको क्ष्ब्क्ष् मा मर्मतका लागि पठाइएको निगमको इन्जिन आफ्नो जहाजमा जडान गरी लिजमा लिएको इन्जिन तत्कालै फिर्ता गर्ने कार्य आरम्भ गरिसकेको जानकारी दिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
