काठमाडौँ । स्पेन, स्वीजरल्याण्ड, स्कटल्याण्ड, अस्ट्रिया र बेल्जियम फिफा विश्वकपका लागि छनौट भएका छ ।
आ-आफ्नो समुहमा विजेता बनेर युरोपबाट १२ देश अर्को बर्ष अमेरिका-मेक्सिको र क्यानडामा हुने फिफा विश्वकपमा छनौट भएका हुन् ।
विश्वकपमा छनौट भएका १२ देशमा स्पेन, स्वीजरल्याण्ड, स्कटल्याण्ड, अस्ट्रिया र बेल्जियमसहित क्रोसिया, इङल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे र पोर्चुगल रहेका छन् ।
अब युरोपबाट थप चार देश विश्वकपमा प्लेअफमार्फत छनौट हुने छन् । जसमा हरेक समुहका उपविजेता १२ देश र चार नेसन्स लिगका शिर्ष वरियता भएका देशले प्लेअफ खेल्ने छन् ।
फिफा विश्वकपमा युरोप बाहेक अहिलेसम्म एसियाका ८ देश अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनौट भएका छन् भने अफ्रीकाबाट अल्जेरिया, केप भेर्ड़े, इजिप्ट, घाना, आइभरी कोष्ट, मोरक्को, सेनेगल, ट्युनिसिया र दक्षिण अफ्रिका छनौट भएका छन् ।
त्यस्तै आसियाना क्षेत्रबाट न्यूजील्याण्ड छनौट भएको छ भने दक्षिण अमेरिकी देशबाट अर्जेन्टिना, ब्राजिल, कोलोम्बिया, इक्वेडर, पराग्वे र उरुग्वे छनौट भएका छन् । त्यसैगरी आयोजकको रुपमा अमेरिका, मेक्सिको र क्यानडा स्वत: छनौट भएका छन् ।
यसरी अहिलेसम्म ४८ देशले भाग लिने यस विश्वकपमा ३९ देश छनौट भएका छन् भने अब ९ देश विभिन्न प्लेअफबाट छानिने छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-19
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
