काठमाडौँ, नेपाल वायुसेवा निगमले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेका विदेशी उडानका विमानलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा अवतरण गराउने निर्णय गरेको छ। यसअघि यस्तो अवस्थामा पाइलटहरूले सिधै भारतको दिल्ली डाइभर्ट गर्ने गरेका थिए।
हालै २८ कात्तिकमा दुबईबाट आएको निगमको विमान त्रिभुवनको ‘पार्किङ वे’ व्यस्तताका कारण दिल्ली डाइभर्ट गरिएको घटना दोहोरिन नदिन निगमले नयाँ व्यवस्था लागू गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण सम्भावनाबारे पनि निगमले छुट्टै अध्ययन गर्ने जनाएको छ।
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार दिल्ली डाइभर्ट गर्दा ल्यान्डिङ चार्ज, पार्किङ शुल्क तथा इन्धनलगायतको खर्च धेरै पर्न जाने भएकाले अब भैरहवा नै उपयुक्त विकल्प मानिएको हो। भैरहवामा भने ल्यान्डिङ र पार्किङ दुवै सुविधा नि:शुल्क उपलब्ध हुने हुँदा खर्च उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।नयाँ निर्णयले उडान सञ्चालन सहज हुनुका साथै राष्ट्रिय विमानस्थलहरूको उपयोग बढाउन पनि मद्दत गर्ने निगमको विश्वास छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
