जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन भएपछि शुरु भएको विवादले नयाँ मोड लिएको छ ।
विहिबार आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अबेर राति प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गर्न गरेको निर्णय उपसभामुख बबिता कुमारी राउत ईश्वरले बदर गरिदिएकी छिन् ।
सभामुखले लगातार १० बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारालाई पदमुक्त गरिदिएका थिए ।
सभामुखको यस निर्णयपछि उपसभामुख बबिता कुमारी राउत ईश्वरले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भनी महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गरेकी छन् ।
साथै, उपसभामुख राउतले प्रदेशसभाको पछिल्लो बैठकको हाजिरी तथा भिडियो रेकर्डबाट सांसदहरू अनुपस्थित नरहेको देखिएको भन्दै सभामुखले गरेको पदमुक्तको निर्णय बदर हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएकी छन् ।
सभामुख मण्डल एमालेबाट धनुषा १(२) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् भने सप्तरीकी राउत जनमत पार्टीबाट समानुपातिक सांसद हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
