काठमाडौँ । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले आफुहरु सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध ढाल बनेर उभिने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गुरुङले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने तर नाजुक अवस्थाको फाइदा उठाउन खोज्नेहरूलाई रोक्ने स्पष्ट बताएका हुन् ।
उनले आफुहरु गृहमन्त्रीको कामबाट सन्तुष्ट नभएको बताउदै यो भावना नभई तथ्यमा आधारित असन्तुष्टि भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्:
हो, हामी गृह मन्त्रालयको कामबाट सन्तुष्ट छैनौँ। यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि हो। यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहिताको आलोचना हो, न कि आम नागरिक र आन्दोलनको अनादर। या सरकार ढलाउने खेल वा सविधान माथि धावा।
हामी सडकमा कसैलाई मन्त्री बनाउन आएका थिएनौ, हामी स्कुले पोशाकमा मारिएका बालबालिकाको न्यायका लागि, भ्रष्टाचार र राज्य आतङ्कविरुद्ध, र सत्य तथा जवाफदेहिताको लागि आएका हौँ। हामीलाई भाषण होइन, काम चाहिएको हो। योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ। यदि वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप बस्दैनौँ।
सरकारलाई सहयोग गर्छु तर प्रतिपक्षमा पनि बस्छु भन्ने मेरो हरेक सहिद परिवारप्रति बाचा हो र म आफ्नो जिम्मेवारी पूरा गर्दैछु किनकि हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो। हामी आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न डराउँदैनौँ, किनकि म्यान्डेट जनताले दिएको हो। आज उँहाहरुले म्यान्डेट बिर्सने हो भने सोच्नुस्, जब अरू पार्टीका हातमा त्यो कुर्सी पुग्छ भने देश कता जान्छ? कलीलो बालबालिकाको हत्या, आन्दोलनमा भएको अत्याचार, र पीडित परिवारप्रति राज्यको वेवास्ता र असक्षमता हामी सहदैनौँ।
अन्तरिम सरकारले चुनाव मात्र होइन, आन्दोलनलाई वैधानिकता दिने कदम पनि तुरुन्त अघि बढाउनु पर्छ, किनकि यो आन्दोलन कसैलाई पद दिलाउनको लागि थिएन, यो रगत, आँसु र सपनाको लडाइँ हो। नेपाली भन्नुको अस्तित्व र भविष्यका लागि हो। हाम्रो देश बन्न सक्छ भन्ने विश्वासका लागि हो।
जो कोही अहिले राजनीतिक खेल खेल्दै सरकार ढाल्ने वा आन्दोलन कमजोर पार्ने प्रयासमा छन्, उनीहरूले याद राखुन् प्रधानमन्त्री र जिम्मेवार मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौँ, उनीहरूसम्म पुग्नुभन्दा पहिले हामीलाई पार गर्नुपर्छ। हामीले प्रधानमन्त्रीलाई जिम्मा लगाइएको मुलुक हो, आशा मार्ने होइन, जोगाउने हो भन्ने विश्वाससहित। खबरदारी नागरिक कर्तव्य हो, प्रगतिशील लोकतन्त्रमा युवा नै सरकारका स्वाभाविक प्रतिपक्ष हुन्छन्।
जो कोही यो समय गलत राजनीतिक खेल खेल्ने, हाम्रो सरकार ढाल्ने, वा यो नाजुक परिस्थितिको फाइदा उठाउने सोचमा छन् । सबैले याद राख्नुस् प्रधानमन्त्री र आफ्नो जिम्मेवारी निभाउने हरेक मन्त्रीको ढाल बनेर हामी उभिएका छौँ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
