काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको बाउल लिगमा नेपालले भारतलाई ९२ रन ले पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा नेपालले दिएको १३८ रनको लक्ष्य पछाएको भारतले ३ ओभरमा ४५ रन बनाएर अल आउट भएको थियो ।
भारतका लागि भरत चिप्ली र प्रियंक पंचलले १२-१२ रन बनाएका थिए भने कप्तान दिनेश कार्तिक र शाहबाज नदीमले ७-७ रन बनाएका थिए । त्यस्तौ रोबिन उथप्पाले ५ र स्टुअर्ट बिन्नी शुन्यमा आउट भएका थिए । त्यसैगरी नेपाली बलर रशिद खानले ३ विकेट लिए भने बसिर अहमदले २ र रुपेश सिंहले एक विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको नेपालले ६ ओभरमा कुनै विकेट नगुमाएर १३७ रन बनाएको थियो । नेपालका लागि रशिद खानले ५५ रन बनाएर रिटायर्ड हर्ट भएका थिए भने कप्तान सन्दीप जोराले ४७ र लोकेश बमले ३१ रन बनाएका थिए ।
अब नेपालले बाउल लिगको अर्को खेलमा भोली बिहान युएईसँग खेल्ने छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
