काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न दलबीच भएको एकता घोषणा र नयाँ दलको चुनाव चिन्हमा प्रस्तावित पाँच ताराप्रति आपत्ति जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष कुमार सुमनले मंगलबार विज्ञप्ती जारी गर्दै आफ्नो दलको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रुपमा प्रयोग नगर्न अनुरोध गरेका छन् ।
जसपा नेपालले भनेको छ:
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (३), दफा (९), दफा ५४ (७) (क) विपरीत यस जनता समाजवादी पार्टी, नेपालको झण्डामा रातो पृष्ठभूमिमा अंकित पांच कुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चुनाव चिन्ह दावी गर्ने सम्बन्धी सार्वजनिक संचार माध्यमहरूमा प्रकाशित समाचारहरूप्रति हाम्रो गंभीर ध्यानाकर्षण भएको छ ।
जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न हुन आग्रह गर्दछौं । साथै यस सम्बन्धमा निर्वाचन आयोगसमेतको ध्यानाकर्षण गराउदछौ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-05
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
