काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान, काठमाडौं क्यान्सर सेन्टर, निर्णय एनएसके टुर फर एजुकेशन र रातोचन्द्रसूर्य.डटकमको संयुक्त आयोजनामा स्तन क्यान्सर जागरण महिनाअन्तर्गत जोन डिवी हाइयर सेकेन्डरी स्कुलमा उत्पे्ररणा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा क्यान्सर उत्पे्ररणा रोकथामको लागि विभिन्न कार्यक्रमहरु संयुक्त रुपमा अघि बढाइरहेको नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले जानकारी गराएका थिए । उक्त उत्पे्ररणामूलक कार्यक्रमलाई नेपाली समुदायमाझ शसक्त रुपमा अघि बढाइ क्यान्सर रोग लाग्नुका कारण, रोकथाम र रोग लागिसकेपछि गरिने उपचारात्मक उपायहरु बारेमा वरिष्ठ उपाध्यक्ष निर्णय एनएसकेले विस्तृत रुपमा जानकारी गराएका थिए ।

जोन डिवी स्कूलमा आयोजित कार्यक्रमलाई मेडिकल अनकोलोजिष्ट डा. रजनी झाले आफ्नो प्रस्तुतीद्वारा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई क्यान्सर सम्बन्धी विचार राखेका थिए । विद्यार्थीहरुको प्रश्नहरु सम्बोधन गरी कार्यक्रम सत्रको अन्त्य गरिएको थियो ।

कार्यक्रमलाई नेपाल क्यान्सर निवारण प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष सागर कट्वालले उद्घोषण गर्नुका साथै काठमाडौं क्यान्सर सेन्टरका तर्फबाट सुभाष खड्का र आकाशराज झाले सहयोगीको भूमिका निर्वाह गरेका थिए । जोन डिवी सकेन्डरी स्कूलको तर्फबाट प्रधानाध्यापक उर्वसी सुब्बा र कोओर्डिनेटर गोकुल घिमिरेले कृतज्ञता ज्ञापन गर्दै क्यान्सर निवारणको लागि सधै हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
