काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच हंगेरीमा हुने भनिएको भेटवार्ता रद्ध भएको छ । ट्रम्पले पुटिनसँगको हंगेरीको बुडापेष्टमा हुने वार्ता रद्ध भएको जानकारी दिएका हुन् । उनले अहिले पुटिनसँग वार्ता गर्ने सहि समय नभएको बताएका छन् ।
साथै ट्रम्पले अर्को हप्ता मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने घोषणा पनि गरेका छन् । उनी दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो भेटघाट गर्ने कार्यक्रम छ । ट्रम्पले यो भेटघाटले धेरै मुद्दा र विषयहरूमा सहयोग र छलफललाई सहज बनाउने बताएका छन् ।
अर्कोतर्फ बुडापेस्टमा राष्ट्रपति पुटिनसँगको बैठक रद्द भएपछि अमेरिकाले रुसमाथि अर्को ठूलो आर्थिक प्रहार गरेको छ । अमेरिकी अर्थसचिव स्कट बेसान्टले रुसका दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लुकोइलसहित दर्जनौं सहायक कम्पनीहरूमाथि कडा आर्थिक प्रतिबन्ध लगाएको छ ।
बेसान्टले यस बारेमा जानकारी दिदै यो कारबाही पुटिनको अर्थहीन युद्ध अन्त्य गर्न अस्वीकारको कारणले गरिएको बताएका छन् । उनले हत्या रोक्ने र तत्काल युद्धविरामको लागि आह्वान गर्ने समय आएको बताए ।
रोसनेफ्ट र लुकोइल, दर्जनौं सहायक कम्पनीहरूलाई प्रतिबन्ध लगाउने निर्णय महिनौंदेखिको पारस्परिक दबाबको पछि आएको छ, जसमा सांसदहरूले राष्ट्रपति ट्रम्पलाई रूसको तेल उद्योगलाई लक्षित गर्न आग्रह गरिरहेका थिए ।
ट्रम्प र पुटिनबीचको वार्ता रद्ध भएसँगै रुसले युक्रेनमा धेरै स्थानहरूमा ड्रोन र मिसाइलहरूले आक्रमण गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
