काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामसँग दोस्रो खेल आज खेल्दैछ । यो खेल भियतनामको गो डाव स्टेडियममा नेपाली समय अनुसार ६: १५ बजेदेखि शुरु हुदैछ ।
यसअघि असोज २३ गते खेलेको खेलमा नेपाल भियतनामसँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।
भियतनाम नेपालभन्दा बलियो टिम हो । फिफा वरियतामा भियतनाम हाल ११४ औं स्थानमा रहेको छ । जबकी नेपाल हाल १७६औं स्थानमा छ । नेपाल र भियतनामबीचको खेल २००३ पछि पहिलो पटक लगातार दोस्रो खेल खेल्दैछ । २००३ मा खेलेका दुवै खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेल ५-० ले र २-० ले पराजित भएको थियो ।
आज हुने नेपालको होम खेल हो । दशरथ रंगशालालाई एएफसीले अयोग्य ठहर गरेपछि दुवै खेल भियतनाममै हुन लागेको हो ।
एएफसी एसियन कप छनोट खेल्न किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोली भियतनाम पुगेको छ । नेपाली टिममा किरण लिम्बू (कप्तान) अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङ कार्की, कृतिकरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।
एएफसी एसियन कप छनोटमा नेपालले यस अघि खेलेका तीनै खेलमा हार बेहोरेको छ । नेपालले मलेसियासँग २-० र लाओससँग २-१ ले हार बेहोरेको छ । त्यस्तै भियतनामले खेलेका ३ खेलमा ३ जित र एक हार बेहोरेको छ । भियतनाम मलेसियासँग ४-० ले पराजित भएको थियो भने लाओसलाई ५-० ले पराजित गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
