काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगितामा सुपर सिक्समा पुग्ने देशको टुंगो लागेको छ ।
गएराती समुह चरणका खेलहरु सकिएसँगै सहभागी ९ देश मध्ये ६ देश सुपर सिक्समा पुगेका हुन् । जसमा आयोजक ओमानसहित नेपाल र युएई समुह विजेता हुदै २-२ अंक लिएर सुपर सिक्समा पुगेका छन् । त्यस्तै कतार जापान र सामोआ उपविजेता हुदै सुपर सिक्समा पुगेका छन् ।
त्यसैगरी समुह ए बाट मलेसिया, समुह बी बाट कुवेत र समुह सी बाट पिएनजी भने समुह चरणबाट बाहिरिएका छन ।
अब समुह चरणका खेल आइतबारदेखि शुरु हुनेछन् । नेपालले आइतबार युएईको सामना गर्ने छ भने सोमबार कतारविरुद्ध खेल्ने तालिका तय भएको छ । त्यस्तै बुधबार ओमानसँग खेल्ने छ भने शुक्रबार सामोआसँग खेल्ने तालिका तय भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
