बनेपा । शब्दयात्रा प्रकाशनले २०८२ सालको दोस्रो चरणको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोह सम्पन्न गरेको छ । समारोहमा आठ विधामा सम्मान समर्पण र चारवटा पुस्तकको सार्वजनिकीकरण गरिएको थियो ।

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा सल्लाहकार सावित्रीजंगम थापाले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन कार्यसम्पादन समितिका सदस्य कालिका त्रिपाठी पन्त र समापन अग्रज पत्रकार बलदेव थापाले गरेका थिए ।

लीलादेवी श्रेष्ठले समारोहको उद्घाटन गरेको कार्यक्रमका लागि छायाँकन तथा स्वराँकन सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारी, मञ्चस्थ महानुभावलाई रुद्राक्षमाला अर्पण केदारनाथ तिमल्सिना, सम्मान सामग्रीको व्यवस्थापन अमृत अधिकारी, कविता वाचन गोविन्दबहादुर खड्का र विविध कार्यमा कार्यालय व्यवस्थापक संगीता केसीले सहयोग गरेका थिए ।

यसैगरी, चयन समितिका संयोजक चन्द्रबहादुर खड्का तथा सदस्यहरू शिव बन्जारा र कालिका त्रिपाठी पन्तलाई शब्दयात्रा प्रकाशनका तर्फबाट आजिवन सदस्य सहदीप पलाञ्चोकेले उपहार समर्पण गरेका थिए भने समारोहमा प्रथम शिक्षासेवी बालागुरु षडानन्द अधिकारी, प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, आध्यात्मिक लेखक दुर्गाप्रसाद अधिकारी र मनका श्रेष्ठको तस्बिरमा पुष्पार्पण गरिएको थियो ।

यस्तै शब्दयात्रा प्रकाशनद्वारा सम्मानित व्यक्तित्व टी.पी. शर्मा तिमिल्सिनाको निधनमा उनको आत्मशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रममा आ–आफ्ना विधाबाट योगदान गरेका आठजना विशिष्ट साधकलाई शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गरेको छ । सम्मान समर्पण समारोहमा ज्योतिष शिरोमणि अधिवक्ता प्रा.डा. बलराम उपाध्याय रेग्मी (पर्वत)लाई ‘शब्दयात्रा काशीनाथ मायादेवी राष्ट्रझंकार सम्मान’ समर्पण गरियो । उनलाई माला र उपहार कोष व्यवस्थापक आध्यात्मिक लेखक कृष्णहरि मैनालीले, किरीट हरि मञ्जुश्रीले र अभिवन्दनापत्र साहित्यकार लीलादेवी श्रेष्ठले समर्पण गरेका थिए ।

समारोहमा साहित्यकार जलेश्वरी श्रेष्ठ (काठमाडौँ)लाई कोष व्यवस्थापक द्रोणप्रसाद श्रेष्ठका तर्फबाट शारदाप्रसाद श्रेष्ठले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र प्रा.डा. बलराम उपाध्याय रेग्मीले अभिनन्दन पत्रका साथमा मनका श्रेष्ठको स्मृतिमा स्थापित ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ समर्पण गरेका थिए ।

यसैगरी, आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल (दोलखा)लाई ‘शब्दयात्रा दुर्गाप्रसाद–युगला अधिकारी आध्यात्मिक लेखक सम्मान’ समर्पण गरियो । कोष व्यवस्थापक गीता अधिकारीका तर्फबाट लोकेन्द्र ढकालले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र जलेश्वरी श्रेष्ठले अभिवन्दना पत्र उ समर्पण गरेका थिए ।

उक्त समारोहमा आध्यात्मिक स्तम्भकार तथा लेखक महेश्वर खनाल (काठमाडौँ)का कोष व्यवस्थापक सुदर्शन आचार्यका तर्फबाट कृष्णमणि कुइँकेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र ढुण्डिराज पोखरेलले अभिवन्दना पत्र हस्तान्तरण गरी ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’ समर्पण गरियो । ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ जीवन विज्ञान (काभ्रेपलाञ्चोक) नामक आध्यात्मिक संस्थामा समर्पण गरिएको छ ।

संस्थाको प्रतिनिधिका रूपमा उपस्थित मीरा पौडेललाई कृष्णमणि कुइँकेलले माला र उपहार, हरि मञ्जुश्रीले किरीट र महेश्वर खनालले अभिवन्दना पत्र समर्पण गरेका थिए ।

यसैगरी कोष व्यवस्थापक हरि गोपाल प्रधानले माला र उपहार, हरि मञ्जुश्रीले किरीट तथा मीरा पौडेलले अभिवन्दना पत्रका साथमा फोटो पत्रकार लेकबहादुर श्रेष्ठ (सागर श्रेष्ठ) सिन्धुपाल्चोकका ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ समर्पण गरिएको थियो ।

समारोहमा उपस्थित हुन नसकेका अग्रज पत्रकार हरिहर विरही (सिन्धुली) हाल अमेरिकामा रहेका उनी फर्किएपछि उनको घरैमा लगी समर्पण गर्नेगरी समर्पण गरिने ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’को अभिवन्दनापत्र, किरीट, रुद्राक्षमाला, उपहार आदि सामग्री उनका तर्फबाट लेखक सकुल थापाले ग्रहण गरेका थिए ।

यसैगरी सम्मान सामग्रीहरू कोष व्यवस्थापक सुनील सापकोटाका तर्फबाट शिक्षासेवी पूर्णबहादुर कर्माचार्यले समर्पण गरेका थिए । समारोहमा उपस्थित हुन नसकेका स्तम्भकार नगेन्द्रप्रसाद आचार्य (कालिकोट)को घरैमा लगी समर्पण गर्ने गरी समर्पण गरिने ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ को अभिवन्दनापत्र, किरीट, रुद्राक्षमाला, उपहार आदि सामग्री उनका तर्फबाट उनका भाइ लक्ष्मीप्रसाद आचार्यले ग्रहण गरेका थिए ।

कार्यक्रममा सम्मान सामग्रीहरू कोष व्यवस्थापक हरि गोपाल प्रधानले समर्पण गरेका थिए । समारोहमा सम्मान्य व्यक्तित्व चयन समितिका संयोजक पूर्वप्रशासक तथा लेखक चन्द्रबहादुर खड्काले सम्मानित व्यक्तित्वहरूको चिनारी गराएका थिएए । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा गएको शनिबार आयोजना गरिएको थियो ।









रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
