काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा पठाएको छ ।
जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले मंगलबार ओली र लेखकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसरले जाँचबुझ आयोगमा पठाएको छ ।
यसैबीच मंगलबारनै नेकपा एमाले निकट अनेरास्ववियुको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिएको र प्रहरीले सरकारी वकिलको कार्यालयसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टामा खबर गर्ने बताएको अनेरास्ववियुका नेता समिक बडालले जानकारी दिएका छन् ।
अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पत्तिको खरानी बनाएर राजनीति गरिएको भन्दै आफुहरुले विरोध गर्ने बताए । उनले अनधिकृत व्यक्ति सिंहदरबार छिरेर हुकुमी शासन चलाउन बन्द गरिनुपर्ने धामीले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-07
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
