काठमाडौँ । एसिया कपको फाइनल जितेपछि भारतीय टोलीले एसियाली क्रिकेट परिषद् (एसीसी) का प्रमुख तथा पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीबाट ट्रफी लिन अस्वीकार गरेपछि नयाँ विवाद उत्पन्न भएको छ ।
एसीसीका अध्यक्ष नक्वीले ट्रफी र पदक आफ्नो होटलमा लगेको खबर आएपछि नयाँ विवाद भएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले तर्फी र मेडल होटलमा लागेको विषयमा असन्तुष्टि व्यक्त गरेको छ । बीसीसीआईका सचिव देवजित सैकियाले नोभेम्बरमा हुने आईसीसी बैठकमा बोर्डले यस विषयमा कडा विरोध दर्ता गर्ने बताएका छन् ।
सैकियाले स्पष्ट रूपमा भारतले देशविरुद्ध युद्ध गर्ने व्यक्तिबाट ट्रफी स्वीकार गर्न नसकिने बताउदै ट्रफी स्वीकार नगर्नु एउटा कुरा हो, तर यसरी होटलमा ट्रफी र पदक लैजानु अस्वीकार्य रहेको बताए ।
भारतले एशिया कपमा पाकिस्तानलाई पराजित गरेर उपाधि जितेपछि नक्वीबाट ट्रफी नलिने निर्णय गरेको थियो, जसको परिणामस्वरूप टोलीले ट्रफी ग्रहण नगरी पुरस्कार समारोह समाप्त भयो ।
पुरस्कार वितरण अघि भारतीय टोली व्यवस्थापनले विजेताको ट्रफी नक्वीबाट ग्रहण नगर्ने जानकारी गराएपछि पुरस्कार वितरण कार्यक्रम नै ढिला भएको थियो ।
फाइनल अघि पनि, भारतीय खेलाडीहरूले जितेमा नक्वीबाट ट्रफी स्वीकार गर्ने छैनन् भन्ने अनुमान गरिएको थियो । नक्वी पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष र गृहमन्त्री पनि हुन् र आफ्नो भारत विरोधी अडानका लागि परिचित छन् । भारतीय टोलीले पाकिस्तानका कसैसँग हात नमिलाउने वा मैदान बाहिर कुनै पनि अन्तरक्रियामा संलग्न नहुने नीति अपनाएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-29
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
