काठमाडौं । काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारी छनोट गरिएको छ । आर्यतारालाई मंगलबार दिउँसो १२ः०५ बजेदेखि १२ः१६ बजेको बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ । त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ ।
शाक्य महाबिहार संघको आह्वानपछि सिफारिस भएर आएका नामहरुमध्येबाट साढे दुई वर्षकी आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको हो । संघले शहरका १५ बहालहरुलाई पत्र पठाएर नयाँ कुमारीका लागि नाम सिफारिस गर्न भनेको थियो ।
प्राप्त नामावलीहरुमध्येबाट निर्णायक मण्डल, गुठी संस्थान र पञ्चाङ्ग निर्णायक समितिको समेत सल्लाहमा परम्परागत विधि अनुसार आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको संघले जनाएको छ । कुमारीलाई जीवित देवीको रुपमा पुज्ने चलन छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
