काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाज आज राति ४२ जना यात्रुसहित चीनको ग्वाञ्जाओ उड्दै छ । निगमका अनुसार जहाज राति १० बजे ग्वाञ्जाओ उड्नेछ ।
निगमले पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गरेको हो । सोहीअनुसार आज प्रमोशन फ्लाइट गर्न लागेको हो ।
निगमका अनुसार अबदेखि नेपाल एयरलाइन्सले हरेक हप्ता तीनवटा नियमित उडान भर्नेछ । सोही अनुरुप आज पहिलो उडान गर्न लागेको हो । यसपछि असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको निगमले जनाएको छ ।
काठमाडौं–ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ । नेपालीको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
