काठमाडौँ । भारतले एसिया कपको फाइनलमा प्रवेश गरेको छ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बुधबार राति सम्पन्न खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारत एसिया कपको फाइनलमा प्रवेश गरेको हो ।
भारतले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुदै १२७ रन मात्र बनायो र खेलमा हार बेहोरेको थियो । उसका लागि सैफ हसनले सर्वाधिक ६९ रन बनाए । यसैबीच, भारतका लागि कुलदीप यादवले तीन विकेट लिए भने जसप्रीत बुमराह र वरुण चक्रवर्तीले दुई विकेट लिए । यसबाहेक अक्षर पटेल र तिलक वर्माले एक–एक सफलता पाए ।
भारत अपराजित रहँदै एसिया कपको फाइनलमा प्रवेश गरेको छ । भारतको अब सुपर फोरको एउटा खेल बाँकी छ, सेप्टेम्बर २६ मा श्रीलंकासँग खेल्ने तालिका छ । यो खेल फाइनल अघि भारतीय टोलीको लागि अभ्यास खेलको रूपमा हुने भएको छ, किनकी श्रीलंकाको सुपर फोरका दुवै खेल हारेर फाइनलको सम्भावना सकिएको छ ।
भारत सुपर फोर अंक तालिकामा चार अंक र १.३५७ को नेट रनरेटका साथ शिर्ष स्थानमा छ । पाकिस्तान र बंगलादेश क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बिहीबार दुई टोलीबीचको खेल सेमिफाइनल सरह भएको छ । यस खेलको विजेताले सेप्टेम्बर २८ मा फाइनलमा भारतसँग खेल्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
