काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमै ओछ्यान लगाएर सुत्छु भनेको दोस्रो दिन उनको लागि कोठा र किचनको बन्दोबस्त मिलाइएको छ ।
मन्त्री पुनका लागि केशरमहलस्थित शिक्षा मन्त्रालयकै भवनमा सुत्ने कोठा र किचनको बन्दोबस्त मिलाइएको हो । मन्त्रालयले मंगलबार मन्त्री पुनका लागि किचनका समान र बेडको व्यवस्थापन गरेको छ ।
सोमबार नै मन्त्रालयमै बस्ने बताएका पुनले सोमबार सम्भव नभएपछि आजदेखि मन्त्रालयमै बसेका हुन् । उनले राष्ट्रिय आविस्कार केन्द्रबाट एउटा सुटकेसमा आफ्ना सामान ल्याएको उनका सहयोगीहरुले जानकारी दिएका छन् ।
मन्त्री पुनले आफैंले खाना पकाउने बताएका छन् । पुनका लागि मन्त्रालयको एउटा कोठा खाली गराएर किचन र बेडरूम बनाइएको छ ।
सोमबार शिक्षा मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा नै पुनले आफु जहाँ काम गर्यो त्यहि बस्ने गरेको बताउदै अन्य क्वाटरमा नजाने र मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन सचिवलाई निर्देशन दिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-23
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
