काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगजनीमा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनिया देखिएपछि थप उपचारका लागि भारत लान लागिएको हो । पारिवारिक स्रोतका अनुसार चित्रकारलाई भारतको दिल्लीस्थित एपोलो अस्पतालमा लैजान लागिएको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौं २४ मा आफ्नै निवासमा भएको तोडफोड र आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा इन्फेक्स्सन भएपछि बायाँ हात काटिएको छ । उनको निमोनिया निको नभएपछि उनलाई भारत लैजान लागिएको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
