काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको कारण आइतबारसम्म बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रूपैयाँको दाबी परेको बीमा प्राधिकरणले जानकारी दिएको छ ।
सबैभन्दा धेरै बीमा दाबी द ओरियण्टल इन्सुरेन्समा कम्पनीमा पाँच अर्ब २२ करोडको दाबी परेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्सुरेन्समा ५ अर्ब ८ करोडको दाबी परेको छ भने सबै भन्दा कम ट्रष्ट माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ४१ करोड ५० लाखको दाबी परेको प्राधिकरणले जानकारी दिएको छ ।
बीमा कम्पनीहरूले हरेक दिन आएको दाबीको विवरण दिए अनुसार प्राधिकरणले जानकारी दिएको छ । भदौ २३ र २४ गते प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिदेखि विभिन्न व्यवसायिक भवन, होटल, घरमा तोडफोड र आगजनी भएका छन् । प्राधिकरणले बीमाको दाबि गर्न अपिल समेत गरेको छ ।
नेपालमा धेरै अघिदेखि सार्वजनिक सम्पत्तिहरूको बीमा गर्नुपर्छ भन्ने कुरा गरिएको भएपनि सरकारी उदासिनताको कारण यी सम्पत्तिहरूको बीमा हुन सकेको छैन । प्रदर्शनमा यस्ता सार्वजनिक सम्पत्तिहरूको क्षति नै सबैभन्दा धेरै भएको छ । त्यसैले यस्तो क्षतिको दाबी भने बीमा कम्पनीहरूमा पर्दैन । प्रदर्शनमा भएको क्षतिलाई हुलदंगाबाट भएको क्षतिको रूपमा मानिने व्यवस्था बीमा सम्बन्धी नियमले गरेको छ । यसै अनुसार बीमा प्राधिकरणले धनमाल लगायतका सम्पत्ति बीमा, घर बीमा, र इन्जिनियरिङ बीमा गर्दा हुलदंगाबाट भएको क्षतिलाई पनि समेट्न पर्ने व्यवस्था गरेको छ ।
मोटर बीमामा भने दुई किसिमका बीमा गर्ने गरिएको छ, पहिलो तेस्रो पक्ष बीमा र दोस्रो सम्पूर्ण सवारी बीमा । तेस्रो पक्ष बीमा भनेको हुलदंगालाई नसमेट्ने र सवारी दुर्घटनाको क्रममा घाइते वा मुत्यु हुनेको परिवारले पाउने बीमा हो । त्यस्तै सवारी साधनको सम्पूर्ण बीमा भनेको सवारी साधनमा क्षति पुग्दा हुने बीमा हो । यस्तो बीमामा हुलदंगाबाट भएको क्षतिलाई समेत समेटिएको हुन्छ । यसले गर्दा यो प्रदर्शनको क्रममा जलाइएका सवारी साधनले सम्पूर्ण सवारी बीमा गरेका छन् भने त्यसको बीमा दाबि पाउने छन् ।
प्राधिकरणका अनुसार आइतबारसम्म सम्पत्ति बीमाका ५३८, मोटर बीमाका १७७८, इन्जिनिरिंग तथा ठेकेदार जोखिमका १३२, परिवहन बीमाका ११ र अन्य बीमाका १९ दाबिसहित २२ अर्ब २५ करोड ६५ लाख ६ हजार बराबरको बीमा दाबि गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-23
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
