काठमाडौं । गत भदौ २३(२४ गतेको जेनजी आन्दोलनका आडमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार गरेको छ । सोमबार चार नयाँ मन्त्री नियुक्त भएसँगै उनको नेतृत्वको मन्त्रीपरिषद् आठ सदस्यीय पुगेको छ ।
अन्तरिम सरकारमा ११ सदस्यीय मन्त्रीपरिषद् बनाउने घोषणा गरेकी कार्कीले अब तीन मन्त्री थप्न बाँकी छ । जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको म्यान्डेट पाएकी छन् ।
कार्कीले पहिलो चरणमा रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई मन्त्रीमा नियुक्ति गरेकी थिइन् । खनाललाई(अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, घिसिङलाई(ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा यातायात सहरी विकास र अर्याललाई(गृह मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।
कार्कीले दोस्रो चरणमा जगदीश खरेल, महावीर पुन, मदन प्रसाद परियार र अनिल सिन्हालाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।
जगदीश खरेललाई(सञ्चार तथा सूचना प्रविधि मन्त्री, डा महावीर पुनलाई(शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री,डा। मदन प्रसाद परियालाई(कृषि तथा पशुपन्छी मन्त्री र अनिल सिन्हालाई(कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरिएको छ । अर्यालको कानुन मन्त्रालय दोस्रो चरणमा खोसिएको छ ।
सोमबार नियुक्त मन्त्रीहरूलाई राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
मन्त्रीहरूको वरियतामा रामेश्वर प्रसाद खनाल, कुलमान घिसिङ, ओम प्रकाश अर्याल, अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल क्रमशः रहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
