काठमाडौँ । स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी अतिरिक्त सचिव डा। संगीता कौशल मिश्रा नियुक्ति नपाउदै विवादमा परेकी छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेपनि उनी स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा मुछिएको विषय बाहिर आएपछि उनको नियुक्तिको सम्भावना टरेको बुझिएको छ ।
प्रधानमन्त्री कार्कीले मिश्रको नियुक्ति गर्न रोकेको बुझिएको छ । उनले अब स्वास्थ्यमन्त्रीमा सिफारिस मिश्रमाथि लागेका आरोपको विषयमा थप बुझेर निर्णय लिने बालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले आइतबार डा. मिश्रसहित पत्रकार जगदीश खरेल, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
