धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
शनिबार बसेको १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट पेश गरेका हुन् ।
बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारको अनुदान ८९ करोड २९ लाख, प्रदेश सरकारको अनुदान ७ करोड ६३ लाख ४४ हजार, राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको छ ।
नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार मसान्त भित्रमा बजेट निर्माण गरी पास गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तर अन्तिम समयमा पनि नगर सभाबाट प्रस्तावित विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा श्रावण १ गतेबाट बाट धरान उपमहानगरपालिकाको बजेट कानुनी रूपमै बजेटविहीन बनेको थियो । धरानको बजेट शुन्य भएसंगै दुई महिना देखि आर्थिक कारोबार पूर्ण रुपमा ठप्प रहेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-20
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
