काठमाडौँ । गएरातीदेखि नै अवरुद्ध भएको मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोला नजिक रहेको पहिरो हटाउन शुरु गरिएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले हाल दुवै तर्फबाट ३ लोडर र २ एक्स्ट्राभेटरले पहिरो पन्छाउने काम शुरु भएको र थप पहिरो खस्ने क्रम रोकिएमा सडक साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने संभावना रहेको जानकारी दिएको छ ।
गएराती देखि आएको पहिरो झर्ने क्रम नरोकिएपछि पहिरो हटाउन नसकिदा अहिलेसम्म दुवैतर्फको सडक अवरुद्ध रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
